१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

कोशी प्रदेशसभामा प्रतिस्थापन विनियोजन विधेयकमाथिको छलफल सकियो

कोशी प्रदेशसभामा प्रतिस्थापन विनियोजन विधेयकमाथिको छलफल सकियो
मुख्यमन्त्री केदार कार्की
अ अ+ अ-

विराटनगर : ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथिको छलफल सकिएको छ ।

प्रदेशसभाको बैठकमा सोमबार र मङ्गलबार लगातार छलफल भएपछि आज छलफल सकिएको हो । विधेयकमाथिको छलफलमा प्रदेशसभाका ३१ जना सदस्यले भाग लिनुभएको थियो ।

छलफलमा उठेका प्रश्न र जिज्ञासाका सम्बन्धमा मुख्यमन्त्री केदार कार्कीले जनताका लोकतान्त्रिक अधिकार प्राप्तिमा विनियोजन विधेयक फलदायी हुने बताउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रदेश बलियो हुुनुपर्ने धारणा राख्दै सरकार १० वर्षमुनिका बालबालिकाको जीवन बचाउन निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले विगतमा आर्थिक दायित्व बोकिसकेका र योजनाको सम्झौता भइसकेका साना योजना विनियोजन विधेयकमा समावेश गरिएको जानकारी दिँदै रु २५ लाखभन्दा कमका योजना हटाएको बताउनुभयो ।

जनताको घरसम्म बजेट पुर्‍याउने र नागरिकले अनुभूति गर्नसक्ने किसिमले विनियोजन विधेयक आएको जनाउँदै मुख्यमन्त्री कार्कीले बजेटमा प्राण र विचार दिएको दाबी गर्नुभयो । उहाँले महिला र युवालाई उद्यमी बनाउन बजेटको व्यवस्था गरेको भन्दै यो बजेट संवैधानिक बाध्यताबाट आएकाले सबैले अपनत्व ग्रहण गर्ने किसिमको रहेको चर्चा गर्नुभयो ।

मानव कल्याण र विकासलाई उच्च प्राथमिकता दिएको यो विनियोजन विधेकयमा कृषि, सिँचाइलाई पनि उत्तिकै महत्त्व दिएको प्रकाश पार्दै मुख्यमन्त्री कार्कीले बजेट मापदण्ड र प्रक्रिया पूरा गरेर ल्याएको बताउनुभयो ।

निजी स्वार्थभन्दा पनि सामूहिक स्वार्थमा प्रेरित यो बजेटको सफल कार्यान्वयन गरेर समग्र प्रदेशको विकास गर्ने दाबी गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “भौतिक विकास गरी जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछु ।” प्रदेश एक हजार सुकुम्बासीलाई घर निर्माण गर्न लिने ऋणमा सुविधा दिने उल्लेख गर्दै उहाँले विनियोजन विधेयकमा कुनै त्रुटि भए सच्याउने सुविधा रहेको स्पष्ट पार्नुभयो ।

आजको सदन प्रारम्भ हुने वित्तिकै प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले उभिएर विरोध जनाएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर रानामगरले दलको तर्फबाट धारणा राख्नुभएको थियो । उहाँले प्राथमिकतामा रहेका योजना बजेटमा समावेश नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

बजेटको आधार अध्यादेश बजेट नै भएकाले पहिले समावेश भएका योजना छुट्नु भूल हो भन्दै रानामगरले एमालेसँग सांसद विकास तथा क्षेत्र विकासअन्तर्गत पर्ने बजेट कटौती नगर्ने सम्झौता भए पनि कार्यान्वयनमा नआएको टिप्पणी गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभाध्यक्ष हाजी इसराईल मन्सुरीले जानकारी दिनुभयो । रासस