• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बालकृष्ण खाणले न्याय पाउनुहुन्छः सभापति देउवा



भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहँुदै उहाँले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।

“बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ।” देउवाले भन्नुभयो “तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।” अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उहाँले न्याय पाउने विश्वास लागेको बताउनुभयो ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभयो । “अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन”, देउवाले भन्नुभयो, “काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।”

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्र कँडेल, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले बोल्नुभएको थियो । रासस