२४ मंसिर २०८२, बुधबार
,
Latest
१८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनः प्रधानमन्त्री कार्की रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यकः अध्यक्ष मगर मानव अधिकार दिवसको अवसरमा जनकपुरमा नेपाल बारको प्रभातफेरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन



अ+ अ-

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिनुभयो ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमि नरहेको बताउनुभयो । उहाँले भूकम्पले पुर्याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरू गरिने उल्लेख गर्नुभयो ।

उहाँले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भअरहेको जानकारी दिनुभयो । “विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ”, उहाँले भन्नुभयो, “अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ ।”

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुखलगायतको सहभागिता  थियो ।