• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

त्रिवि प्राध्यापकको स्वीकारोक्तिः आज क्लास भएन !



काठमाडौं: देशभित्र खुलेका विभिन्न विश्वविद्यालयले अहिले विद्यार्थी अभाव झेलिरहेका छन् । देशको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय, राम्रो पढाईका लागि नाम कमाएको काठमाडौं विश्वविद्यालय समेतका विभिन्न संकायमा विद्यार्थी भर्ना हुन छाडेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा केही वर्षअघि देखि नै स्नातकोत्तर तहमा विद्यार्थीको अभाव रहेको र कतिपय संकायमा पढ्ने विद्यार्थीभन्दा शिक्षक, प्राध्यापक बढी हुन थालेका समाचार आइरहेका थिए ।

तर यसबीच त्रिविको निकै लोकप्रिय जनसंख्या विभागमा पनि हालत उस्तै रहेको स्वयं त्यही विभागका प्राध्यापकको भनाइ छ ।

प्राध्यापक बालकृष्ण माबुहाङले आज फेसबुकमा “आज क्लास भएन” शीर्षकमा एउटा मार्मिक स्टाटस लेख्नु भएको छ ।

उहाँले भन्नु भएको छ, “यही विभाग हो, जहाँ पौने तीन सयको हाराहारीमा विद्यार्थी भर्ना हुन भिड हुन्थे । जनसंख्याको समस्यालाई पड्किन तयार१ बम भनेर भनिन्थ्यो।

“त्रिविको उपकुलपति हुन चाहनेको लाम्बाकुती (ह‍ोडबाजी) चलेको सुनिन्छ, तर विद्यार्थी छैनन् । एकाबिहानै पढाउन म विभागमा हाजिर भएँ, तर विद्यार्थी आएनन् । पढाउने पिरियड भरी विद्यार्थी पर्खेर बसेँ, विद्यार्थी आएनन् । छैनन् ।” उहाँको भनाइ छ ।

प्राध्यापक माबुहाङ भन्नुहुन्छ, कसलाई कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने ? जान पनि कहाँ जाने ? यही ठाउँ हो जहाँ नेपाली महिलाको प्रजनन् दर अधिक भयो, घटाउन पर्छ भनेर पढ्ने पढाउने र पढाएको ।

विश्वमै जनसंख्या व्यवस्थापनको विषय गम्भीर रहेको भए पनि यस विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या खस्किनु अनौठो भएको उहाँको बुझाइ छ ।

राजनीतिको चरम रुप देखिने त्रिभुवन विश्वविद्यालयले समयमै आफ्ना कार्यक्रम र परीक्षा प्रणालीमा सुधार नगरे विश्वविद्यालय मात्र नभई देशबाटै विद्यार्थीहरु अन्यत्र पलायन हुन सक्ने छन् । यसतर्फ त्रिवि प्रशासन र सरकारले गम्भीर विचार विमर्श गर्नुपर्ने खाँचो छ, र सबैभन्दा महत्वपूर्ण कुरा विश्वविद्यालयमा हुने राजनीतिकरणलाई रोक्नु पर्दछ जुन अहिले तत्काल सम्भव छैन ।

पछिल्लो समय समाचार आइरहेको छ, फेरि पनि त्रिविका रिक्त पदाधिकारीमा सत्तारुढ गठबन्धनबीच बाँडफाँड हुँदैछ, र प्रधानमन्त्री यसको तयारीमा हुनुहुन्छ ।

त्रिवि जनसंख्या विभाग परिसर कीर्तिपुर ।