३० कार्तिक २०८१, शुक्रबार
,
Latest
सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–२८ मा जलवायु परिवर्तनको असरको क्षतिपूर्तिको कुरा उठाउनुपर्नेमा सांसदहरुको जोड



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनले पारेको प्रभाव स्वरुप नेपालले पाउनुपर्ने क्षतिपुर्तिको सम्बन्धमा कोप–२८ मा नेपालले दह्रो ढंगले कुरा राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

आईतवार दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको ‘जलवायु परिवर्तन लक्षित नीति तथा योजनाहरुको तर्जुमा र कार्यान्वयनको सवालमा सांसदहरुको भुमिका तथा सरोकारवालाहरुको योगदान’ विषयक परामर्श बैठकमा बोल्दै सांसदहरुले क्षतिपूर्तिको विषयमा जोड दिएका हुन् । उनीहरुले जलवायु परिवर्तनको असर नेपालमा कुन रुपमा परिरहेको छ सो स्थितिको आँकलन गर्दै सोही अनुरुप क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मिना तामाङले सबैभन्दा पहिले नेपालको स्थितिको बारेमा नेपाल स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले कोप–२८ मा नेपालले ठोस र मुर्त रुपमा कुरा राख्नुपर्ने बताउनु भयो । पुरस्कार अथवा क्षतिपुर्ति के लिने हो भन्दै प्रश्न गर्दै उहाँले दह्रो रुपले नेपाल प्रस्तुत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनमा नेपाल कुन स्थितिमा छ ? त्यहाँ कुन पोजिशनमा राय राख्छौँ ? कुन ढंगले क्षतिपूर्ति लिन्छौँ ? स्पष्ट हुनुपर्छ । त्यहाँ कुनैपनि दलको हिसावले बोल्ने होइन । नेपाल र नेपालीको रुपमा बोल्नुपर्छ । कुन विषयमा, कुन शिर्षकमा बोल्ने भनेर छलफल गरेर विषय लानुपर्छ । ठोस र मूर्त रुपले विषय राख्नुपर्छ । पुरस्कार लिने कि, क्षतिपूर्ति लिने कि ? के लिने भन्नेकुरा हामी दह्रो ढंगले प्रस्तुत हुनुपर्छ ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य विना तामाङले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा जनचेतना जघाउने काम गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारणले विभिन्न प्रकोपहरु गइरहेका र त्यसले मानसिक अवस्था समेत कमजोर हुँदै गइरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ऐन र नीतिहरु सहज रुपमा बजेट कार्यान्वयन हुनेगरी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनको कारणले गर्दा तराईमा बाढी गइरहेको छ, डढेलो लगाउने काम भइरहेको छ । जनचेतनाको काम हामीले गर्नुपर्छ । ऐन, नीतिहरु सहज रुपमा बजेट कार्यान्वयन गर्न सक्नेगरी बनाउनुप¥यो । जलवायु परिवर्तनको कारणले प्रकोपहरु भइरहेको छ, मानसिक रुपमा हामी पनि कमजोर हुँदै छौँ । यसतर्फ ध्यान दिऔँ ।’

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले जलवायु परिवर्तनले ल्याएका असरहरुका कारण गरिबहरु बढी प्रभावित भइरहेका बताउनु भयो । उहाँले गरिब जनताहरु मारमा परेको भएपनि पहुँचवाला मान्छेको पक्षमा बहश र छलफल हुने गरेको भन्दै प्रभावितहरुको पक्षमा छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पहाडी भिरालो जग्गा वा खोलाको छेउमा बस्ने गरिबहरु बढी प्रभावित भइरहेको छन् । गरिब जनता मारमा परेका छन् । तर पहुँचवाला मान्छेको पक्षमा बहश, छलफल भइरहेको छ । पहुँचवालाहरु नै त्यो बैठकमा सहभागि भइरहेका छन् । प्रभावितहरुको पक्षमा छलफल, बहश हुनुप¥यो ।’

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सरकारले ल्याउने नीतिमा जलवायु परिवर्तन र दिागे विकास लक्ष्यको सम्बन्धमा ध्यान नदिइएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा पर्न लागेको भन्दै मानव अधिकारको कुरालाई जोडदार ढंगले उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘योजना आयोगले ल्याउने नीतिभित्र दिगो विकास लक्ष्य र जलवायु परिवर्तनको मेरुदण्डको अपरिहार्यताको कहिँनिर उल्लेख नै छैन । अर्थ मन्त्रालयले ल्याउने अर्थको विनियोजित गर्नेभित्र कहिँनिर छैन । मन्त्रालयले दिने कार्ययोजना भित्र पनि धुप बालेजस्तो कतिखेर, कतिखेर आउँछ होला । तर पूर्ण रुपमा कहीँ छैन । चुरे मानव सहित कि मानव रहित के हो ? कुन किसिमको चुरेको परिकल्पना गर्ने ? तपाईले र मैले परिकल्पना गरेर हुन्छ ? राज्यले गर्नुपर्यो । त्यही भित्र मान्छे राख्ने अनि त्यही भित्र दोहन भयो भन्न पाउँछौँ हामीले ? अहिले चुरे भित्र राजनीति छ । त्यहाँका रुख काटेर बेच्दैछन् नेताहरु, समुदायहरु । सामुदायिक वन अहिले जंगलको एक नम्बरको दुश्मन हो । कोप–२८ मा मानव अधिकारको कुरा उठाउनुपर्छ ।’

उहाँले चुरे क्षेत्र मानवसहितको बनाउने कि मानवरहित बनाउने भन्ने विषयमा पनि सरकार स्पष्ट हुनुपर्ने बताउनु भयो । चुरे क्षेत्रमा मानव बसोवास गरिए स्वभाविक रुपमा चुरे दोहन हुने उहाँको भनाई छ ।