• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

विश्वकपको फाइनलमा पुग्न अस्ट्रेलियालाई २१३ रनको लक्ष्य



एजेन्सी । आईसीसी विश्वकप २०२३ को फाईनलमा पुग्न दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अलआउट हुदै २१२ रन बनायो ।

दक्षिण अफ्रिकाको लागि डेबिड मिलरले शतक बनाए । उनले ११६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०१ रन बनाए । १२ ओभरमा २८/४ को स्थितीमा रहेको दक्षिण अफ्रिकालाई मिलर र हेनरिक क्लासेनले उत्कृष्ट साझेदारी गरे । क्लासेनले ४८ बलमा ४ चौका र२ छक्का प्रहार गर्दै ४७ रन बनाए । यि दुई बाहेक दक्षिण अफ्रिकाका कुनैपनि खेलाडिले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अस्ट्रेलियाको लागि मिचेल स्टार्कले १० ओभरमा एक मेडन सहित ३४ रन खर्चेर तीन विकेट लिए । प्याट कमिन्सले ९.४ ओभरमा ५१ रन खर्चेर तीन विकेट लिँदा जोश हेजलवुड र ट्रेविस हेडले समान दुई दुई विकेट लिए ।

अब अस्ट्रेलियाले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ । यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।