• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

‘१२ बुँदे’हरूलाई रवीन्द्रको ‘एक बुँदे’ कटाक्ष



फाईल फोटो

काठमाडौं । राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनता मिल्नुको बिकल्प नभएको जनाउनु भएको छ ।

उहाँले शान्तिपूर्ण संक्रमण मार्फत नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित नहुने जनाउनु भएको छ ।

२०६२ ६३ मा १२ बुँदे सम्झौता गरेका दलहरुले व्यवस्थामाथी संकट आएको भन्दै संविधान निर्माणमा सहभागी दलको बैठक राखेपछि त्यसप्रति उपाध्यक्ष मिश्रले २५ बुँदे टिप्पणी गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

१) व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे — राजसंस्थावादीले गर्दा।

२) देशभर ५०% शटर बन्द छ — राजसंस्थावादीले गर्दा।

३) ठूला व्यापारी ठूलो संकटमा छन् — राजसंस्थावादीले गर्दा।

४) अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो — राजसंस्थावादीले गर्दा।

५) गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ — राजसंस्थावादीले गर्दा।

६) विकास खर्च १७% मा झर्यो — राजसंस्थावादीले गर्दा।

७) प्राध्यापक, कर्मचारी, वकिल देखि सबैको दलीय संगठन बन्यो — राजसंस्थावादीले गर्दा।

८) सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो — राजसंस्थावादीले गर्दा।

९) सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो — राजसंस्थावादीले गर्दा।

१०) देश संसारकै भ्रष्टमध्येको भयो — राजसंस्थावादीले गर्दा।

११) नेपाल एसियाकै गरिब देश भयो — राजसंस्थावादीले गर्दा।

१२) ललितानिवास, शरणार्थी, सुन लगायत अन्य सयौँ काण्ड भयो — राजसंस्थावादीले गर्दा।

१३) जातीय र धार्मिक हिंसाको संभावना बढ्यो — राजसंस्थावादीले गर्दा।

१४) वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् — राजसंस्थावादीले गर्दा।

१५) छिमेकीले तिब्र विकास गरे, हामीले सकेनौँ — राजसंस्थावादीले गर्दा।

१६) कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना-प्रविधि, केही पनि नीति जानेनौँ — राजसंस्थावादीले गर्दा।

१७) समग्र समाजको नराम्रो नैतिक पतन भयो — राजसंस्थावादीले गर्दा।

१८) मान्छे मरेका छन्, खान/सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र/धर्म निरपेक्षता जोगाउने चिन्ता छ — राजसंस्थावादीले गर्दा।

१९) मधेस प्रदेश केन्द्र विरूद्ध विद्रोह गर्ने भन्छ — राजसंस्थावादीले गर्दा।

२०) विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् — राजसंस्थावादीले गर्दा।

२१) राजसंस्थाको ‘भूत’ले धेरै नै तर्सायो — राजसंस्थावादीले गर्दा।

२२) नयाँ/पुराना सबै ‘प्रचण्डपथगामी’हरूको राजनीतिमा प्रश्न उठ्यो — राजसंस्थावादीले गर्दा।

२३) ‘राष्ट्र र राज्य’का रूपमा नेपालको तिब्र क्षयीकरण भयो — राजसंस्थावादीले गर्दा।

२४) एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो — राजसंस्थावादीले गर्दा। (थप्दै जानुहोस्)

२५) मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्!