• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

प्रतितोला पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन प्रतितोला पाँच सय रुपैँयाले घटेर एक लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य आईतबारकै मूल्यमा यथाबत रहि प्रतितोला एक हजार चार सय १५ रुपेयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।