• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने



वीरगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ ।

नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो ।

“घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ”, सामाजिक सङ्घसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उहाँले भन्नुभयो ।

पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो । मधेसको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उहाँले मधेसको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिनुभयो ।

नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।