• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन



काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबैपक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पु¥याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई आएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ । रासस