• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन



काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला सबैलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।

गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टोरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकिएको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएको उहाँको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालित भइसकेको छ । सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

गए राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । रासस