• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

डिशहोमको एक लाख पुरस्कार हस्तान्तरण



काठमाण्डौं । डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ ।

बेलचौतारा शुक्ला गण्डकीमा आायोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा भएको लक्की ड्र मार्फत गुरुङले एक लाख जितेका थिए ।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान चलाएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् ।
जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ  । गत १ असोजबाट सुरु ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि भएको डिशहोमले जनाएको छ ।