• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

नेप्से परिसूचकको ओरालो यात्रा जारी



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलब ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर रु ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैंक रु छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स रु चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल रु दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलब शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलब ९६, सोल्टी होटल चार दशमलब ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलब ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलब ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलब ९१, सामलिङ पावर चार दशमलब ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब ७३ प्रतिशतले गुमाएका छन् । रासस