• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा



मन्थली । कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् ।

युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हँुदै जानु र युवा पुस्ता (छोरा,नाति) मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताउनुभयो ।

उहाले भन्नुभयो– “स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीपअनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु रु स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गई फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।”

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताउनुभयो । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उहाँको भनाइ थियो ।

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भन्नुभयो, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छाँै तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।” तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।
कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहले गर्दछन् ।

बिषेशगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् । सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गँँउपालिकामा गरी करिव एक सय को संख्यामा उनीहरुको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बासोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउदै आइरहेका छन् । रासस