• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

डिशहोमद्वारा नेपाली क्रिकेटरको हौसला बढाउन आकर्षक पुरस्कार घोषणा



काठमाण्डौं । डिशहोम नेटवर्कले आइसिसी मेन्स टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ ।

डिशहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो ।

मुलपानी र कीर्तिपुरमा एसियाका ८ टिमहरुबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन् । सेमिफाइलन जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आइसिसी मेन्स टी–२० विश्वकप कप खेल्नेछन् ।

नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनलमा जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउने छ । डिशहोमले उक्त खेलमा शकतसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ ।

यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।