• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

खेलाडीहरुको हौसला बढाउन डिशहोमले घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार घोषणा



काठमाडौँ । डिशहोम परीवारले नेपाली क्रिकेट टीमको हौसला बढाउन खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ । घरेलु मैदानमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा खेलाडिहरुको हौसला बढाउन कम्पनीले पुरस्कारको घोषणा गरेको हो ।

कप्पनीले हरेक रन, हरेक विकेट र हरेक माईलस्टोनको सम्मान सम्मान गर्दैँ हरेक ईनिङमा खेलाडीहरुको हौसला बढाउनको लागि पुरस्कारको घोषणा गरेको जनाएको छ । डिशहोमले रु पचास हजार देखि २० लाख सम्मको नगद पुरस्कारको घोषणा गरको छ ।

नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्;
एकै खेलमा Century र 5 Wickets दुवै गरेमा 20 लाख
Century गरेमा रु. 10 लाख
5 Wickets लिएमा 5 लाख
Half-Century गरेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार