७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ: भुवन केसी

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ: भुवन केसी
अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताउनुभएको छ ।

सोमवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताउनु भयो । उहाँले नेपाली चलचित्रको सब्टाइटल राख्नसके विदेशमा पनि राम्रो महत्व पाउने बताउनु भयो । उहाँले सब्टाइटलका कारण विश्वका मानिसहरु नेपाली चलचित्रको फ्यान हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रिलिज हुने चलचित्रको सब्टाइटल गरिनुपर्छ । त्यसो गरे संसारभरका मानिसले हेर्न सक्नुहुनेछ । हाम्रा चलचित्र हेरेर विदेशीहरु पनि नेपाली चलचित्रका फ्यान हुनसक्छन् । नेपाली चलचित्रको सेन्सर कडा भएको छ भन्ने आएको छ । हरेक सामाजिक सञ्जालमा कुनै सेन्सर लागू हुँदैन, चलचित्र क्षेत्रमा अलि उदार हुनुपर्छ । सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड फरक भएकाले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाइयोस् भन्ने आग्रह गर्छु । उदारता हामीले देखाउनुपर्छ ।’

अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताउनु भयो ।