५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र कोही पनि असन्तुष्ट हुने अवस्था छैन- राप्रपा अध्यक्ष लिङ्देन (भिडियो सहित)



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टी भित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताउनुभएको हो ।

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताउनुभयो । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो । मनोनित २४ जना पदाधिकारीहरु मध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उहाँहरुले  पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।