३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोरबिजोर प्रणाली हटाउन र शैक्षिक संस्था फागुन १ देखि सञ्चालन गर्न सिफारिस



अ+ अ-

काडमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । 

केन्द्रको आजको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ । सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई सिफारिस गरिएको प्रवक्ता केन्द्रका प्रवक्ता सुनिता नेपालले राससलाई बताउनुभयो ।

डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने आवश्यक व्यवस्थाका लागि गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । 

विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न सिफारिस गरिएको बताउँदै उहाँले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकम नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको जानकारी पनि दिनुभयो ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थाका लागि सरकारलाई केन्द्रले सिफारिस गरेको छ । खोपकार्ड हराएकाहरूलाई त्यसको प्रतिलिपि सहज ढङ्गले उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरिएको छ । रासस