४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर शुभमन गिललाई डेङ्गु, अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेङ्गु संक्रमण भएको छ। गिललाई उच्च ज्वरो आएपछि डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बताईएको छ ।

चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने सम्भावना रहेको छ। डेङ्गुको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ।

यदि गिल अष्ट्रेलियाविरुद्धको खेलमा रिकभर नभएमा भारतले ओपनिङमा कप्तान रोहित शर्माको साथमा इशान किशन वा केएल राहुललाई विकल्पमा पठाउन सक्छ ।

गिलले यस वर्षको सुरुमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट दोहोरो शतक बनाएका थिए । उनी इन्डियन प्रिमियर लिगमा ८९० रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै, हालै सम्पन्न एसिया कपमा पनि उनले ३०२ रन बनाएर ब्याटिङमा शीर्ष स्थानमा थिए। पछिल्लो खेलमा उनले भारतको लागि १०४, ७४, २७, १२१, १९, ५८ र ६७ स्कोर बनाएका छन्।