• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगमा पिएसजीको लज्जास्पद हार



एजेन्सी । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लज्जास्पद हार बेहोरेको छ । बुधबार राती भएको खेलमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडले घरेलु मैदानमा पिएसजीलाई ४–१ ले हरााएको हो ।

घरेलु टोलीलाई जित दिलाउन न्युक्यासका मिगुयल अलमिरोनले १७ औं मिनेटमा पहिलो गोल गरे । पछि ३९ औं मिनेटमा डान बर्नले गोल गरेपछि न्युक्यासले पहिलो हाफमै २–० ले अग्रता लिएको थियो ।

दोस्रो हाफको ५ मिनेटमा सेआन लोङ्स्टाफले गोल गर्दै फेरी टिमलाई ३–० ले अग्रता दिलाए । ६ औं मिनेटमा पिएसजीका लागि लुकास हर्नान्डेजले गोल फर्काएर ३–१ बनाएका थिए । पछि फेरी इन्जुरी समयमा फाबिअन स्चारले गोल गर्दै टीमलाई ४–१ले जित दिलाए ।

समूह ‘एफ’को अर्को खेलमा बोरुसिया डर्टमन्ड र एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । दुई खेलमा चार अंक जोड्दै न्युक्यासल शीर्षस्थानमा छ भने तीन अंक जोडेको पिएसजी दोस्रो, मिलान दुई अंकसहित तेस्रो र डर्टमन्ड एक अंक बनाएर पुछारमा छ ।