४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा पिएसजीको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लज्जास्पद हार बेहोरेको छ । बुधबार राती भएको खेलमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडले घरेलु मैदानमा पिएसजीलाई ४–१ ले हरााएको हो ।

घरेलु टोलीलाई जित दिलाउन न्युक्यासका मिगुयल अलमिरोनले १७ औं मिनेटमा पहिलो गोल गरे । पछि ३९ औं मिनेटमा डान बर्नले गोल गरेपछि न्युक्यासले पहिलो हाफमै २–० ले अग्रता लिएको थियो ।

दोस्रो हाफको ५ मिनेटमा सेआन लोङ्स्टाफले गोल गर्दै फेरी टिमलाई ३–० ले अग्रता दिलाए । ६ औं मिनेटमा पिएसजीका लागि लुकास हर्नान्डेजले गोल फर्काएर ३–१ बनाएका थिए । पछि फेरी इन्जुरी समयमा फाबिअन स्चारले गोल गर्दै टीमलाई ४–१ले जित दिलाए ।

समूह ‘एफ’को अर्को खेलमा बोरुसिया डर्टमन्ड र एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । दुई खेलमा चार अंक जोड्दै न्युक्यासल शीर्षस्थानमा छ भने तीन अंक जोडेको पिएसजी दोस्रो, मिलान दुई अंकसहित तेस्रो र डर्टमन्ड एक अंक बनाएर पुछारमा छ ।