१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा



अ+ अ-

काठमाडौं । पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् ।

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उहाँहरुले सामुहिक रुपमा राजीनामा दिनु भएको हो ।

राजीनामा दिने प्रवेश परीक्षा बोर्डका अध्यक्ष , सदस्य तथा सल्लाहकारहरु रहनु भएको छ । राजीनामा दिनेहरुमा अध्यक्ष प्रा. डा. शुसील बहादुर बज्राचार्य , सदस्यहरु सह- प्रा. डा .ईन्द्रप्रसाद आचार्य , सह- प्रा. डा. संजिब प्रसाद पाण्डे ,उप- प्रा. किरणचन्द्र दाहाल , सदस्य सचिब बिदुर ढकाल, सल्लाहकार सहायक डीन सह- प्रा. डा. सुरज लामिछानेर प्रा- डा. हिक्मत राज जोशीले डिनलाई सम्बोधन गर्दे राजीनामा बुझाउनु भएको छ । उहाँहरुले पछिल्लो सुचनाका आधारमा परिक्षा संञ्चालन गर्न नसकिने भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर आईओई र विद्यार्थी संगठनहरुबीच विवाद छ । पुल्चोक क्याम्पसको ६ जना विभागीय प्रमुखहरुले विद्यार्थी संगठनहरुमाथि डिन र सहायक डिनलाई अपहरण गरेर पुरानै शुल्कमा भर्ना लिने भनेर सूचना निकाल्न बाध्य बनाएको आरोप लगाएका छन् ।