२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुन: छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भएपनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुन: हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔँ । सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनु पर्छ । किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ । त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ । म प्रधानमन्त्री भएको बेलामा तयार भएको थियो । त्यसमा पनि राष्ट्रिय सहमति बनाआँै ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भारत, चीन, अमेरिका, बेलायत लगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति सबैभन्दा सेन्सेटिभ विषय हो । यसमा धेरै कुरामा विगतमा छलफल भएको छ । सरकारी तहबाट, दलहरुको आफ्नो धारणा हुनुपर्छ । चीन र भारतबाट विभिन्न तहमा निरन्तर डेलिगेशन आइरहेको छ । अमेरिका, बेलायत, युएनबाट पनि नेपालसँग राम्रो सम्बन्ध भएका र सरोकार भएका मुलुकहरुबाट प्रतिनिधित्व भइरहेको छ । हामी पनि समिति पनि यो विषयमा अपडेट हुनुपर्छ । यो समितिमा नियमित छलफल हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताउनु भयो । उहाँले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै हाम्रो परराष्ट्र नीतिको बारेमा प्रष्ट हुन जरुरी छ । किनभने हामीलाई हिजोदेखि भन्दै आएको, परराष्ट्र नीतिमा खलल आएको हो की भन्ने कुरामा रुस युक्रेनमा भनेको कुराबाट नेपाल तटस्थ रहेन की के हो भन्ने आशंका छ । नेपालले त्यसबाट कि फाइदा कि व्यापार गरेको छ भन्ने आम बुझाइ छ । नेपालमा भएका पछिल्लो घटना जुन अवैधानिक रुपमा भित्रिएको सुनलाई पनि त्यो घटनासँग जोडेर हेरेको पाइन्छ । बनिरहेका विमानस्थलहरु, जस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा विवादित कुरा आएका छन्, बिआरआई, एमसीसीसँग जोडिएको छ । यसलाई विशुद्ध नजोडि अन्तर्राष्ट्रिय रुट बनाउन आग्रह गर्दछु ।’

बाइट…दामोदर पौडेल बैरागी, सांसद, नेकपा एमाले विशुद्ध बनाइ अन्तर्राष्ट्रिय रुट सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुभयो ।