५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुन: छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भएपनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुन: हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔँ । सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनु पर्छ । किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ । त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ । म प्रधानमन्त्री भएको बेलामा तयार भएको थियो । त्यसमा पनि राष्ट्रिय सहमति बनाआँै ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भारत, चीन, अमेरिका, बेलायत लगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति सबैभन्दा सेन्सेटिभ विषय हो । यसमा धेरै कुरामा विगतमा छलफल भएको छ । सरकारी तहबाट, दलहरुको आफ्नो धारणा हुनुपर्छ । चीन र भारतबाट विभिन्न तहमा निरन्तर डेलिगेशन आइरहेको छ । अमेरिका, बेलायत, युएनबाट पनि नेपालसँग राम्रो सम्बन्ध भएका र सरोकार भएका मुलुकहरुबाट प्रतिनिधित्व भइरहेको छ । हामी पनि समिति पनि यो विषयमा अपडेट हुनुपर्छ । यो समितिमा नियमित छलफल हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताउनु भयो । उहाँले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै हाम्रो परराष्ट्र नीतिको बारेमा प्रष्ट हुन जरुरी छ । किनभने हामीलाई हिजोदेखि भन्दै आएको, परराष्ट्र नीतिमा खलल आएको हो की भन्ने कुरामा रुस युक्रेनमा भनेको कुराबाट नेपाल तटस्थ रहेन की के हो भन्ने आशंका छ । नेपालले त्यसबाट कि फाइदा कि व्यापार गरेको छ भन्ने आम बुझाइ छ । नेपालमा भएका पछिल्लो घटना जुन अवैधानिक रुपमा भित्रिएको सुनलाई पनि त्यो घटनासँग जोडेर हेरेको पाइन्छ । बनिरहेका विमानस्थलहरु, जस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा विवादित कुरा आएका छन्, बिआरआई, एमसीसीसँग जोडिएको छ । यसलाई विशुद्ध नजोडि अन्तर्राष्ट्रिय रुट बनाउन आग्रह गर्दछु ।’

बाइट…दामोदर पौडेल बैरागी, सांसद, नेकपा एमाले विशुद्ध बनाइ अन्तर्राष्ट्रिय रुट सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुभयो ।