१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

शिक्षक आन्दोलनले संघीयतालाई चुनौती दिएको छ: राप्रपा प्रवक्ता श्रेष्ठ

शिक्षक आन्दोलनले संघीयतालाई चुनौती दिएको छ: राप्रपा प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले देशका सबै भूगोलबाट संगठितरुपमा चेतनशील वर्ग शिक्षकहरुले अप्रत्यक्ष ढंगबाट संघीयतामाथि औँला उठाएको टिप्पणी गर्नुभएको छ ।

उहाँले शिक्षकको दरबन्दी थप्ने वा कटौती गर्ने, सरुवा, बढुवा, कारबाही जस्ता विषयलाइ संघको दायित्वबाट मुक्त गराउने र स्थानीय सरकारलाई जिम्मा दिने शिक्षा ऐनको प्रस्तावलाई शिक्षकहरुले चुनौति दिएको उल्लेख गर्दै उहाँले यो संघीयतालाई दिइएको चुनौति हो भन्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले संविधान दिवसकै दिनदेखि देशभरका शिक्षकले काठमाडौँ केन्द्रीत आन्दोलन शुरु गरेको भन्दै सरकारले शिक्षकहरुका मागका सम्बन्धमा संसद्भित्रका राजनीतिक दलसँग समेत छलफल र परामर्श गरी अधिकतम सहमति कायम गर्नुपर्ने बताउनुभएको छ ।

सरकारी वेतनधारी शिक्षक भएर राजनीतिक दलको सदस्य बन्ने, पेशागत मर्यादा भुलेर दलीय पक्षधरताको चर्को वकालत गर्ने, शिक्षाको व्यापारी बन्ने, विद्यार्थी-अभिभावकप्रति उत्तरदायी नहुने, सुविधा मात्रै खोज्ने, जिम्मेवारीबाट पन्छिने काम पनि केही अपवाद बाहेक अधिकांश शिक्षकहरुबाट भइरहेको उहाँको भनाइ छ। “राजसंस्था पुनःस्थापना गर्छु वा गणतन्त्र हामीले ल्याएका हौँ भन्ने काम शिक्षकको होइन । शिक्षण पेशालाई सम्मानित, मर्यादित र राजनीति निरपेक्ष बनाइनुपर्छ”, प्रवक्ता श्रेष्ठले भन्नुभएको छ ।

वर्षौंसम्म बढुवा नभएका, ठूलो संख्या स्थायी नभएका विषयदेखि शिक्षक आन्दोलनका कतिपय मागहरू जायज छन् भन्दै उहाँले आर्थिक शिथिलताले देश आक्रान्त भएका बेला राज्यलाई ठूलो आर्थिक भार पर्ने बाहेकका जायज माग पूरा गरिनुपर्ने धारणा राख्नुभएको छ । आफ्ना माग पूरा गराउन विद्यालयको पठनपाठन ठप्प गराउनु अपराध हो भन्दै उहाँले लाखौं विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न र विद्यालय सुचारू गर्न वार्ताको पहिलो शर्त हुनुपर्ने उहाँले बताउनुभयो ।