• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ: मुख्यमन्त्रीहरु



काठमाडौँ । विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुने बताउनुभयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा स्थापित नागरिक अधिकार कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानकोे मर्मअनुसार लोकतन्त्र र सङ्घीयता बलियो बनाउन तीनै तहका सरकार अधिकारसम्पन्न हुनु पर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन भइसक्दासमेत प्रदेश सरकारले अझै पूर्ण अधिकार पाउन नसकेको अवस्था रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिवर्तित व्यवस्थासँगै जनताको अवस्था परिवर्तनका लागि नयाँ खालको संघर्ष जरुरी भएको बताउनुभएको छ । “एकात्मक राज्यव्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अर्थात् जनमैत्री शासन व्यवस्था ल्याइएकाले सिंहदरबारभित्र केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ । यो नै विभिन्न चरणमा भएका भएका आन्दोलनका उपलब्धि हो”, उहाँले भन्नुभयो । रासस