५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ



अ+ अ-

काठमाडौँ । शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सिसी टिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।”

चार जनाको हत्या गरेपछि आरोपी भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए र त्यहाँ उनको साथीको घर भएको तथा राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए । तर त्यहाँ उनले साथी नभेटेपछि पुन: अर्को घरमा पुगेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिइएको जनाइएको छ ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य स:मिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उहाँकी पत्नी अम्बिका भुजेल र उहाँकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो । रासस