४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र एभर्टन भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले बर्नमाउथको सामना गर्दैछ । खेल बर्नमाउथको घरेलु मैदान भिटालीटी स्टेडियममा नेपाली समयानुसार पौने सात बजे सुरु हुनेछ ।

यस्तै, आज राति एभर्टन र आर्सनलबीच पनि प्रतिस्पर्धा हुँदैछ । खेल एभर्टनको घरेलु मैदान गोडिसन पार्कमा नेपाली समयानुसार राति २१ः१५ बजे सुरु हुनेछ । चार खेलमा एभर्टन जितविहिन छ ।

एक खेलमा बराबरी खेल्दा उसले तीन खेल हारेको छ । आज घरेलु मैदानमा आर्सनललाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने खोजीमा छ ।

अर्कोतर्फ अपराजित रहेको आर्सनले आजको खेलमा जित निकाल्दै दोस्रो तथा तेस्रो स्थानमा उक्लिन चाहन्छ । आर्सनलले चार खेलमा ३ मा जित र १ मा बराबरी खेलेको छ ।

आर्सनल १० अंकका साथ चौंथो तथा यस्तै, चेल्सी ४ खेलमा ४ अंकका साथ १४ औं तथा समान खेलमा २ अंक जोडेको बर्नमाउथ १६ औं स्थानमा छ । एभर्टन १ अंकका साथ १८ औं स्थानमा छ ।