५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

एसिया कपको फाइनल आज, उपाधिका लागि भारत र श्रीलंका भिड्दै

एसिया कपको फाइनल आज, उपाधिका लागि भारत र श्रीलंका भिड्दै
अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को फाइनल खेल आज आइतबार भारत र श्रीलंकाबीच हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

यहाँ भारतले आफ्नो ५ वर्षको उपाधि खडेरी अन्त्य गर्ने मौका पाउनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले उपाधि रक्षा गर्न चाहन्छ । दुवै टोली आठौं पटक एसिया कपको एकदिवसीय ढाँचाको फाइनलमा भिड्दैछन् ।

यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो ।

हेड टु हेडः
भारत र श्रीलंकाबीच समग्रमा १६६ ओडीआई खेल भएका छन् । भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

शुभमन गिल प्रतियोगितामा भारतका सर्वाधिक रन स्कोरर
भारतीय टिमका अलराउन्डर अक्षर पटेल घाइते भएका छन् । उनको स्थानमा वासिङ्टन सुन्दरलाई फाइनलका लागि कोलम्बो बोलाइएको छ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

ओपनर शुभमन गिल एसिया कप २०२३ मा भारतका लागि सर्वाधिक रन स्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् । गिलले ५ खेलमा २७५ रन बनाएका छन् । यस्तै, यादवले ४ खेलमा ९ विकेट लिएका छन् ।

श्रीलंकाका लागि समरविक्रमाको नाममा सबैभन्दा धेरै रन
श्रीलंकाका स्पिनर महिश तीक्षाणा चोटका कारण फाइनलबाट बाहिरिएका छन् । श्रीलंका क्रिकेट बोर्डले तीक्षाणाको चोटबारे अपडेट जारी गर्दै फाइनल खेल्न नसक्ने बताएको छ ।

एसिया कप २०२३ मा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी सदिरा समरविक्रमाको नाममा छ । यस्तै, मथिश पथिरानाले सर्वाधिक विकेट लिएका छन् । समरविक्रमाले ५ खेलमा २१५ रन बनाएका छन् भने पथिरानाले ५ खेलमा ११ विकेट लिएका छन् ।

आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत छ । तापमान २४ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ । यदि आज वर्षाका कारण खेल रद्ध भएमा भोलिका लागि रजर्भ डे राखिएको छ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा गाह्रो छ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन, हार्दिक पाण्डे, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, कुसल परेरा, कुसल मेन्डिस (विकेटकीपर), सदिरा समराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, दुशन हेमन्था, दुनिथ भेलालागे, मथिश पथिराना र प्रमोद मदुशन ।