७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

मौद्रिक र वित्तीय नीतिबीच तालमेल मिलाउने प्रयास सफल भएन: प्रधानमन्त्री दाहाल

मौद्रिक र वित्तीय नीतिबीच तालमेल मिलाउने प्रयास सफल भएन: प्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र अहिले पनि केही नीतिगत र व्यवहारिक सुधारका गम्भीर कदम आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि गरेका प्रयासहरु पर्याप्त नभएको समेत स्वीकार गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्न चुनौति सरकारलाई रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको हैसियतले लगातार मौद्रिक,वित्तीय नीति र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएपनि सफल नभएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही मात्रा सुधार भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको आजको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्तीय नीतिको समग्र सोच र कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र सुधारका निम्ति हाम्रा प्रयासहरु पर्याप्त छैनन् । अर्थतन्त्र अहिले पनि केही नीतिगत र केही व्यवहारिक सुधारका गम्भीर कदम नचाल्ने हो भने अफ्ठ्यारो स्थिति छ । यसमा पनि अन्य कुराका अतिरिक्त नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्नेकुरा अझैपनि एउटा चुनौतिको रुपमा हाम्रो सामुमा छ । यद्यपी प्रधानमन्त्रीको हैसियतले मैले लगातार मौद्रिक नीति र वित्तीय नीतिको बीचमा, सार्वजनिक क्षेत्र र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएको छु । केही मात्रात्मक सुधार भएको पनि महशुस भएको छ । तर अर्थतन्त्रको आजको आवश्यकता अनुसारको हाम्रो मौद्रिक नीति, आजको आवश्यकता अनुसारको वित्तीय नीति र आजको आवश्यकता अनुसारको समग्र सोच र कार्यशैलीमा धेरै नै सुधार गर्नुपर्ने आवश्यकता रही रहेको महशुस हुन्छ ।’

प्रधानमन्त्री दाहालले सरकारको पहिलो प्राथमिकता आर्थिक रुपान्तरण भएको बताउनु भयो । उहाँले सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले परिसंघले शुरु गरेको मेक इन नेपाल स्वदेशी अभियान आफैमा महत्वपूर्ण अभियान भएको भन्दै मेक इन नेपाललाई नेपाल सरकारले पनि अपनत्व दिएको बताउनु भयो । उहाँले मेक इन नेपाल अभियानमार्फत औद्योगिककरण उत्पादन वृद्धि स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलिकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट दिगोविकास हासिल गर्न सकिन्छ भन्ने सरकार स्पष्ट रहेको पनि बताउनु भयो ।