४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

गौशाला–२६ र उनको परिवारको बसाइँसराईको कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

यसअघि गत भदौ २१ गते काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको थियो । आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट कागजात माग गरेको थियो ।

स्थानीय तहबाट बसाईसराईको उक्त कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ । उक्त मुद्दाको अन्तिम बहस भनिएतापनि पटक पटक स्थगित हुँदै आएको छ ।