२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, सार्वजनिक बिदा पनि बिहीबार नै



अ+ अ-

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ । अस्ट्रेलियामा रहेका एक छोरा नेपाल आइपुग्न ढिलाइ हुने भएकाले उहाँको अन्त्येष्टि बिहीबार हुने भएको हो ।

अस्ट्रेलियामा रहेका छोरा बुधबार बेलुका ५ बजेतिर मात्र आइपुग्ने बताइएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म राखिने पार्टी स्रोतले जनाएको छ ।

तत्पश्चात किराँत संस्कारअनुसार उहाँको पार्थिव शरीरलाई बेलुका पाँचबजेसम्म उहाँको घरमै राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबमोजिम नेपाली सेनाले नेम्वाङको पार्थिव शरीरको जिम्मा लिने बताइएको छ ।

बिहीबार कुन समयमा अन्त्येष्टि गरिने भन्नेबारे अहिलेसम्म तय भइनसकेको बताइएको छ । सरकारले नेम्वाङको अन्त्येष्टिका दिन नै सार्वजनिक बिदा दिने निर्णय गरेकाले बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।