• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

पोखरामा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला



काठमाडौँ । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला परेको छ ।

आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।

खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुुचुल्का तयार गरेको बताउनु भयो । उहाँले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताउनु भयो ।

त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताउनु भयो । निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताउनु भयो । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताउनु भयो ।

त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताउनु भयो । उहाँले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताउनु भयो ।

विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।