• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज



काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । म्यानमारको यांगुनस्थित मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार दिउसोको ४:१५ बजेबाट सुर हुनेछ ।

शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेलमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।

नेपालले म्यानमारसँग तीन खेल खेल खेल्दा दुई खेलमा हार बेहोरेको छ भने एक मा बराबरी भएको छ । आजको खेलमा नेपाल फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारलाई हराउदै आफ्नो पहिलो जित हात पार्न चाहन्छ ।

फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।