५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको निर्णय अनपेक्षितः अध्यक्ष लिङ्देन



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु अनपेक्षित रहेको बताउनुभएको छ । 

पूर्व–उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । 

यसबारे कुरा गर्दै अध्यक्ष लिङ्देनले कमल थापाले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भएको बताउँदै सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित र थापाको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटना रहेको बताउनुभएको हो । 

गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्दै तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गराउनुभएको थियो । 

यो पनिः लिङ्देनलाई कमल थापाको पत्र– मलाई भित्तामा पुर्‍याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम नहोस्