• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सभागृहमा राखियो



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।

उनको पार्थिव शरीरलाई विहान ११:०० बजेदेखि १२:०० बजेसम्म राष्ट्रिय सभागृहमा राखिने छ । त्यसपछि १२:३० देखि १:३० बजेसम्म पशुपतिमा राखिनेछ । उनको दिउँसो २:३० बजेअन्तिम संस्कार गरिने कार्यक्रम छ ।

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।