• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

नेपाली टिमलाई मोहम्मद रिजवानले दिए शुभकामना



काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवानले शुभकामना दिएका छन् ।

सोमबार रिजवानले नेपाली टिमसँग भेट गर्दै शुभकामना दिएको भिडियो पाकिस्तानी क्रिकेट संघले फेसबुकमा राखेको छ ।

उनले प्रतियोगिताका लागि नेपाली टिम योग्य रहेको बताउँदै शुभकामना दिएका हुन् । यस्तै, उनले कुनै पनि कुराको आवश्यक भए आफू सहयोगका लागि तयार रहेको पनि जनाएका छन् ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले अगस्ट ३० मा (बुधबार) उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानविरुद्ध खेल्दैछ । त्यसपछि भारतसँगको खेलका लागि नेपाल टोली श्रीलंका जाने छ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतसँग समूह चरणको दोस्रो खेल खेल्ने छ ।

एसिया कपको १६औँ संस्करणमा समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।