६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले उद्योग तथा वाणिज्य समितिको सभापतिमा गणेश पराजुलीलाई उठाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को सभापतिमा गणेश पराजुलीलाई उठाउने भएको छ । आज हुनलागेको संसदीय समितिका सभापतिको निर्वाचनमा रास्वपाले पराजुलीको उम्मेदवारी मनोनयन गर्न लागेको हो ।

रास्वपाले तीन बजे उम्मेदवारी दर्ताको तयारी गरेको एक नेताले जानकारी दिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली गरी तीन जना सांसद रहेका छन् ।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ।

राष्ट्रिय मान्यता प्राप्त दल भएपनि रास्व्प्पा र राप्रपालाई भने भागबन्डाबाट अलग गरिएको थियो ।