६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा अराजनीतिक र पानी मरुवा कमाण्डार हाबी भए: न्यौपाने



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने पार्टीमा नक्कली कमाण्डरहरु रहेको जनाउनु भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बर्षामान पुनलेले नेपाली काँग्रेस संग चुनाबी तालमेल नभए नेकपा एमाले संग कुरा गर्ने बताएको भोली पल्ट सामाजिक सञ्जालमा न्योपाने लेख्नु भएको छ –

तालमेल यो सँग नभए उसँग हुन्छ । एउटासँग नभए अर्कोसँग हुन्छ । ढोकाबाट जाँदा नभए झ्यालबाट गएर पनि हुन्छ । यस्ता अनैतिक, अराजनीतिक र पानी मरुवा कुरा गर्नेहरु जुन पार्टीका भएपनि नक्कली कमाण्डरहरु हुन !

दाहालले बिहिबाररुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा भन्नुभएको थियो 'काँग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन ।' यसै गरी नेता पुनले पनि पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै भन्नुभएको थियो ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ एमालेसँग पनि ढोका बन्द छैन ।’