७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिनेकुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो: बाबुराम भट्टराई

कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिनेकुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो: बाबुराम भट्टराई
फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्यले संविधानमा लेखिसकिएको कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सकरारले आउँदै गरेको संघीय शिक्षा ऐनबाट पनि यस कुरालाई कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनैपनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने बताउनु भयो । उहाँले ल्याउन खोजिएको कुरालाई पनि बिरोध गरेर कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्नेकुरा संघीय शिक्षा ऐनबाट हटाउन सरकारले खुट्टा कमाएको बताउनु भयो ।

उहाँले लगानी गरेका निजी संस्थाहरुले ट्रष्ट बनाएर परोपकारी रुपमा देखिने गरी शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिने बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले अब शिक्षा सिमित मान्छेले मात्रै प्राप्त गर्ने कुरा नरहेको बताउनु भयो । उहाँले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब शिक्षा भनेको सिमित मान्छेले मात्रै प्राप्त गर्नेकुरा होइन । भगवानको आराधना गर्ने मान्छे, राजा महाराजाको निम्ति कार्य गर्ने मान्छे अथवा सिमित पुँजिपतिका निम्ति मात्रै काम गर्ने मान्छेले मात्रै होइन । अब शिक्षा ज्ञान भनेको प्रत्येक मान्छेले प्राप्त गर्ने उसको नैसिर्गक अधिकार हो । मान्छेको मन, बुद्धि, विवेक, यसबाट नै शिक्षाको विकास हुन्छ । मान्छेको, समाजको विकास हुन्छ । जसरी खान, लाउन उसको नैसर्गिक अधिकार हुन्छ, त्यसरी नै शिक्षा प्राप्त गर्नपनि उसको नैसर्गिक अधिकार हुन्छ । यो अहिलेको लोकतान्त्रिक मान्यता हो । अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा सबैले पाउनुपर्छ । यसको दायित्व राज्यले लिनुपर्छ । अहिले केन्द्रित राज्यमात्रै छैन, हामी संघीयतामा छौँ । स्थानीय तहसम्म हाम्रो सरकार छ तर शिक्षामा मुनाफा गरिनु हुँदैन ।’

‘मान्छेको मौलिक अधिकारको रुमपा राज्यले दायित्व लिएर सबैलाई शिक्षा दिनुपर्छ । त्यो सम्भव छ । शिक्षामा नै एक नम्बर लगानी हुनुपर्छ । हाम्रो राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्दिने, अर्काले शिक्षाको महत्वबोध नै नगर्दिने, आदि कारणले गर्दा शिक्षा राम्रो हुन सकेको छैन । द्वेध शिक्षा नीति अन्त्य गर्नुपर्छ । अहिले शिक्षा ऐनमा हुनत: बाहिर ल्याइसक्नुभएको छैन, माध्यामिकसम्मको शिक्षा संविधानमा पूर्णरुपमा जनताको मौलिक अधिकार हुनेछ, भनेर लेखिसकेपछि अहिले पनि स्कुले शिक्षा छ, यो गल्ती हामीले गरेका छौँ । १२ कक्षासम्मको शिक्षा पूर्ण रुपले राज्यले नै लिनुपर्छ ।’

‘शिक्षा ऐनमा त्यो ढंगको आउन सकिरहेको छैन भन्ने सुनेको छु, आउन खोजेको कुरालाई पनि बिरोध भयो भनेर सरकार खुट्टा कमाएर पछि हट्दैछ, भन्ने सुनेको छु, त्यसो गर्न हुँदैन, मिल्दैन । १२ कक्षा सम्मको शिक्षा नि:शुल्क भनेर संविधानमै लेखिसकेपछि कुनैपनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन सकिँदैन । लगानी गरेकाहरुले ट्रष्ट बनाएर परोपकारी रुपमा देखिने काम गर्न सक्नुहुन्छ । उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वेध शिक्षा नीति अन्त्य हुनुपर्ने बताउनु भयो ।