७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुुनुपर्छ: कमल थापा

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुुनुपर्छ: कमल थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

उहाँले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गर्नुभएको हो ।

शुक्रवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनस्र्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तीका लागि आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । उहाँले पार्टीको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रश्तुत गरेको बताउनु भयो ।

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताउनु भयो । उहाँले निर्वाचनबाट निर्वाचित हुनेहरुले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको पटकपटक दोहोर्‍याउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–देशको यो संकटबाट मुक्तिको निमित्त सबैभन्दा पहिले संघीय गणतन्त्रको नाउमा खडा भएको भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्दछ । यो भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक छ । यसको विकल्पमा राप्रपा नेपालले जनसम्प्रभुता अर्थात जनतामा निहीत सार्वभौमसत्ता, राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासन सहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रश्तुत गरेका छौं ।

यो विकल्पको बारेमा बहस गरौं । आवश्यक पर्छ भने यसबारेमा छलफल गर्नका निमित्त सर्वपक्षीय सम्मेलनको आयोजना होस् । जुन सम्मेलनमा राजादेखि विप्लव माओवादीसम्मका प्रतिनिधिहरुको सहभागिता होस् । देशका सबै प्रमुख राजनीतिक शक्तिहरुको सहभागिता होस् । र, यस्तो सर्वपक्षीय सम्मेलनले १७ वर्षदेखि मुलुकमा कायम रहेकोे यो भ्रष्ट व्यवस्थाको विकल्पमा खुला दिलले सोचौं ।’

‘समझदारीको आधारमा नेपाली जनतालाई विकल्प दिऊ । त्यसर्थ हामीले यो भ्रष्ट व्यवस्थाको अन्त्य र सनातन हिन्दु अधिराज्य नेपालको माग राखेर आन्दोलन गर्दै गर्दा पनि हामी सहमति र सहकार्यको पक्षमा छौं । सहमति र सहकार्यकै माध्यमबाट समाधान खोज्न सकिन्छ । यदी प्रमुख राजनीतिक दल र नेताहरु तयार हुने हो भने । तर अहिलेको अवस्था हेर्दा प्रमुख राजनीतिक दलहरु सर्वपक्षीय सम्मेलन गर्ने कुरा त परै जाओस् । आफू सच्चिने कुरा त परै जाओस् । सामान्य सुधार पनि गर्न तयार छैनन् । चुनावबाट उठेको व्यक्ति सबैको साझा हुन सक्दैन । त्यसले संकटबाट सम्पूर्ण नेपालीलाई भावनात्मक एकता बाँध्न सक्दैन । त्यसका लागि राजसंस्था चाहिन्छ । त्यो संस्था नेपालको सन्दर्भमा राजसंस्था मात्रै हुनसक्दछ । केही समयको निमित्त हामीले राजसंस्था पुनस्र्थापनाको एजेण्डालाई छोडेका थियौं । पार्टीको आन्तरिक मामिलामा पटकपटक निर्मल निवास र दरबारबाट हस्तक्षेप भएको कारणले गर्दा राजसंस्थाप्रति आस्था राख्दाराख्दै यसको पुनस्र्थापनालाई कार्यनीति बनाएनौं ।’

अध्यक्ष थापाले ठूला दलहरु सच्चिने अवस्थामा नरहेकाले पनि आफूहरुले राजासहितको प्रजातन्त्रको लागि आन्दोलनमै जाने निर्णय लिनुपरेको बताउनु भयो ।