७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ: उपप्रधानमन्त्री खड्का

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ: उपप्रधानमन्त्री खड्का
फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको हो ।

उहाँले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरु र आम नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो । उहाँले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको उल्लेख गर्दै उहाँले सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आपसी सद्भावको वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर नयाँ अभियान चलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘केही समय यता देशको विभिन्न ठाउँमा विभिन्न नाममा हाम्रो अत्यन्त मित्रतापूर्ण तरिकाले बसेको समाज, एकतावद्ध भएर बसेको समाज, धेरै धर्म, धेरै जात, धेरै क्षेत्र, धेरै भुगोल, धेरै वर्ण, धेरै वर्गबाट हेर्दा, सुन्दा धेरै भएपनि तर हामी एकताको सुत्रमा बाँधिएर सदियौँदेखि एकतावद्ध भएर अगाडी बढेको मुलुक नेपालमा विभिन्न बहानामा, विभिन्न नाममा, सामाजिक सद्भाव खल्बल्याउने, आम जनतामा निराशा उत्पन्न गर्ने, जनता–जनता, नागरिक–नागरिकका बीचमा विभिन्न बाहानामा द्वन्द्वको सिर्जना गर्ने खालका गलत घटनाहरुलाई प्रश्रय गराउने, बढाउने खालका प्रवृत्तिहरुपनि देख्न थालिएको छ ।’

‘त्यसप्रति आम हामी नेपाली दाजुभाई, दिदीबहिनीहरु, हामी सबै राजनीतिक दलहरु, सबै तहका सरकारहरु सचेत भएर आम नागरिकको बीचमा एकताको आवश्यकता, सामाजिक सद्भावको आवश्यकता त्यसको जगमा मुलुकको विकास निर्माणलाई अगाडी बढाउन सक्छौँ भन्ने खालको सन्देश लिएर आज देशभर एउटा अभियान चलाउनुपर्ने आवश्यकता छ । सामाजिक सद्भाव खल्बल्याउने गतिविधिलाई रोक्न आवश्यकता छ । हामीले हाम्रो एकतालाई, सौहार्दतालाई, मिलेर बसेको समाजलाई, मिलेर बसेको विभिन्न धर्महरु, विभिन्न जातहरु, विभिन्न भुगोल विभाजित भएपनि हामी मिलेर सदिऔँदेखि बसेको नेपालीको एउटा विशेष पहिचान छ ।’

‘त्यसलाई जोगाउनका लागि हामी अत्यन्त सचेत भएर, सजग भएर अगाडी बढ्न जरुरी छ । त्यसका लागि विभिन्न तहको सरकार, केन्द्रको सरकार, प्रदेशको सरकार, स्थानीय तहका सरकारहरु मिलेर सबैले आपसी सद्भावको वातावरण बनाउने एउटा नयाँ अभियान चलाउन जरुरी छ । जसको कारणले सामाजिक सद्भाव खल्बल्याउनका लागि अघि बढ्नेहरु पनि निरुत्साहित हुन सकुन् । उनीहरु पनि आफ्नो गलत बाटोबाट फर्किएर फेरि समाजको एकतामा आउन सकुन् । त्यसका लागि वातावरण बनाउन आज जरुरी छ । त्यसकाप्रति हामी सबै विभिन्न तहका सरकारमा भएका जनप्रतिनिधिहरु, सरकारमा रहेकाहरु सबै सचेत भएर, कर्तव्यपरायण भएर, एकतावद्ध भएर अगाडी बढ्न जरुरी छ ।’

उहाँले सामाजिक सद्भाव खल्बल्याउन अघि बढ्नेहरुलाई निरुत्साहित पार्नुपर्ने बताउनु भयो । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।