१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको संस्कृति परम्परा बन्यो– घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको टिप्पणी गर्नुभएको छ ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा शुक्रबार उहाँले पछिल्लो समय ओेलीलाई माथ गर्ने ढंगले निन्दा र भर्त्स्ना गर्नेहरु नेपालको राजनीतिमा उदाइसकेको बताउनुभयो ।

“कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । अहिले आधीभन्दा दश हात निन्दा भर्त्सना अरु नै आइसके । बूढो प्रतिनिधिको ठाउँमा जवान प्रतिनिधिहरू आएका छन् ।”

ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने महासचिव भुसालको भनाइ थियो । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै उहाँले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परात विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताउनुभयो ।