४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुदूरपश्चिममा गौराको रौनक

सुदूरपश्चिममा गौराको रौनक
अ+ अ-

दोधारा चाँदनी । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन् । डोट्याली लोकसाहित्यमा विद्यावारिधि गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने गरेको बताउनुहुन्छ ।

विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उहाँले बताउनुभयो । “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भन्नुभयो, “गौरामा देउडा, ढुस्को धुमारी खेलेर रमाइलो गरिन्छ ।”

दुर्वाष्टमीका दिन (आज) गौराको महत्वपूर्ण दिन हो । यसलाई अठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भई अठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अठेवालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।

त्यसपछि मङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहुँ, कलौँ र गुरौँस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ ।

उक्त भिजाएका बिरुडा भएको ताउलीलाई टाउकामा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँचपल्ट धुने प्रचलन छ । धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुन:फाग गायनसँगै घरमा भित्र्याउने चलन रहेको शास्त्री जनार्जन अवस्थी बताउनुहुन्छ । सप्तमीको दिन कन्याले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कामा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।

उहाँका अनुसार अठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो ।

“गौरा नारीको विषेश पर्व हो, यो पर्वमा उपासना गरी नारीले गौरीको दुब–धागो लगाउँछन”, अवस्थीले भन्नुभयो, “जसरी ब्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन्, त्यसैगरी गौरामा नारी यज्ञोपवित्र हुन्छन् ।” देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उहाँको भनाइ छ ।

सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न सङ्घसंस्थाले गौरा पर्वका अवसरमा देउडा प्रतियोगितासमेत आयोजना गरेका छन् । रासस