• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस हस्पिटल प्रा.लि



काठमाडाैं  चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र ब्लुक्रस हस्पिटल प्रा.लि. बीच सम्झौता भएको छ ।

तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिककी निर्देशक सतिदेवी गौतम सिंहले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । ब्लु क्रस हस्पिटलले सहुलियत दरमा एसियाड टोलीलाई उपचार सेवा उपलब्ध गराउने छ । सम्झौता २०२३ नोभेम्बर ८ तारिखसम्म कायम रहने छ ।

कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रसका श्रीप्रसाद तिवारी र सन्ध्या केसीलगायतको उपस्थिति रहेको थियो ।