• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली ★   जब पृथ्वीमा १०–२० लाख वर्षसम्म लगातार पानी परिरहन्थ्यो ★   ९० दशककी ‘सोनपरी’ आजभोलि के गर्दैछिन् ? ★   डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान ★   शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा भट्टराई (अन्तरवार्ता) ★   नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

युट्युबर एल्विश यादवले जिते बिग बोस ओटीटी दोस्रो सिजनको उपाधि



काठमाडौँ । झण्डै दुई महिनापछि ईन्डियन रियालिटी शो बिग बोस ओटीटी सिजन दुइले विजेता पाएको छ ।

वाइल्ड कार्ड एन्ट्रीमा ओटीटी छिरेका युट्युबर एल्विश यादवले बिग बोस ओटीटीको दोस्रो सिजनका उपाधि जिते । यादवले सिजनको ट्रफी र २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

शोमा अभिषेक मल्हान, एल्विश यादव, मनिषा रानी, ​​बेबिका धुर्वे र पूजा भट्ट उत्कृष्ट ५ फाइनलिस्टमा पुगेका थिए । उपाधिको रेसबाट सबैभन्दा पहिला पूजा भट्ट बाहिरिएकी थिईन् । विजेताको दौडबाट बेबिका पनि बाहिरिएपछि शीर्ष तीनको प्रतिस्पर्धामा एल्विश, अभिषेक र मनिषा रानी रहे ।

मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् र अन्तिम दुईमा एल्विश र अभिषेक रहे । अन्तिममा शोका होस्ट सलमान खानले एल्विशलाई बिजेता घोषित गरे ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा रहेका छन् ।