• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने

सुन तस्करी प्रकरणमा महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ: गगन थापा



काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे सीआईबीले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले महराबारे माओवादीले नभई सीआईबीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गरिनुपर्ने बताउदै थापाले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भन्ने होइन । सीआईबीले छानबिन गरेर कुरा के हो भन्नुपर्छ ।’

यस्तै,गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने गगनको भनाई छ ।