• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध



काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।

पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्ड र मेलम्ची–भोताङ सडकखण्ड, मुगुको जुम्ला–नाग्म–मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा–दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धारकार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।