२३ असार २०८३, मंगलवार
,
Latest
कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै शनिबार कोरोनाका कारण १८७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा १८ हजार ५४८ परीक्षणमध्ये १७ हजार ९७१ जनाको पिसिआर र ५७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

थपिएका संक्रमितसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । यस्तै ३ लाख ३३ हजार १०८ संक्रमित निको भएका छन् । 

कोरोनाबाट हालसम्म नेपालमा ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५४५५ संक्रमित निको भएका छन् ।