२३ असार २०८३, मंगलवार
,
Latest
कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु



अ+ अ-

कास्की । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशका थप १४ जनाको मृत्यु भएको छ । 

शुक्रबार र शनिबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ती संक्रमितको ज्यान गएको हो । 

म्याग्दीको बेनी नगरपालिका–५ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने तनहुँ भीमाद नगरपालिका–५ की २२ वर्षीया महिला, पर्वत जलजला गाउँपालिका–४ का ५५ वर्षीय पुरुष र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको प्रतिष्ठानमै निधन भयो । पोखरा–२ की ३९ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिका–१४ की ५२ वर्षीया महिला र पोखरा–१४ का ५२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भयो ।

गोरखाको सहिद लखन गाउँपालिका–४ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भयो । पोखरा–१४ का ४९ वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका–६ का ७८ वर्षीय पुरुष र पोखरा–१४ का ४५ वर्षीय पुरुष, पर्वत फलेबास नगरपालिका–५ कि ५२ वर्षीय महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । पोखरा–८ का ४२ वर्षीय पुरुष संक्रमितले संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा ज्यान गुमाए । पोखरा–३० का ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमा निधन भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरणअनुसार गण्डकीम कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।