काठमाडौं । लगभग फुटको डिलमा पुगेको भनिएको नेकपा एमाले बिहीबार साँझबाट फेरि एकीकृत भएको छ । तत्कालीन नेकपाका अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्षसँग एकाकार भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीबिरुद्ध उत्रनुभएका नेपाल र ओलीबीच एक खालको सहमति भएको बाहिर आएको छ ।
पूर्ववत अडानमा रहेर नेपाल पक्षले राजीनामा गरेको भए बिहीबारदेखि नै नेपालको राजनीतिक नयाँ बाटोतिर लाग्थो । दुई वटै डुंगामा खुट्टा राख्दै आउनुभएका नेता नेपालले आखिर ओर्लने बेलामा एकापट्टीको त झिक्नैपर्थो झिक्नुभयो ।
अन्ततः उहाले प्रचण्डले चलाउनु भएको डुंगाबाट आफनो खुट्टा झिकेर ओलीले चलाएकोमा खुट्टा हाल्नुभयो । जसका कारण दाहालले सम्हालेको डुंगाको सन्तुलन बिग्रियो । ओली र नेपालबीच सहमति भएलगत्तै अध्यक्ष दाहालले आफू निकट नेताहरुसँग भन्नुभयो माधवजीले फेरि पनि धोका दिनुभयो, ओलीसँग आत्मसमर्पण गर्नुभयो, उहाँको पछि लागेर ओली बिरुद्ध लाग्दा पार्टीमा ठूलो क्षति भयो ।
उता काँग्रेस सभापति शेरबहादुर देउवा त शुरुदेखि नेपाल र दाहालबाट ओली हटाउने कुरा पार लाग्छ भन्ने विषयमा विश्वस्त हुनुहुदैनथ्यो । त्यसैले त सत्ताका माहिर खेलाडी देउवा औपचारिकतका लागि मात्र छलफल गर्नुभयो ।
उहाँले अनुमान लगाइसक्नु भएको थियो यस पटक अंकगणीतका हिसाबले ओलीलाई हटाउन सकिदैँन त्यसैले किन निरर्थक प्रयास गर्नु ? उहाँले त पार्टी भित्रका विपक्ष रामचन्द्र पौडेल कृष्ण सिटौला तथा ओलीका बिपक्षको चित्त बुझाउन मात्र लौ बहुमत पुगे वा पुर्याइदिए प्रधानमन्त्री भैदिउँला भन्ने आशय व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री बन्ने देउवा तर माधव नेपाल, पुष्पकमल दाहाल रामचन्द्र पौडेल, कृष्ण सिटौला, उपेन्द्र यादब हुँदै चित्रबहादुर केसीसम्मलाई हतारो थियो । त्यसले देउवा निकट काग्रेसका नेताहरुको टिप्पणी थियो ताप्के तातेको छैन बिँड तातेर हैरान !
उता महन्थ ठाकुरहरुको तटस्थताका नाममा ओलीलाई समर्थन गर्ने खेलबाट हैरान भएका दाहाल नेपाल समूह सामू ओलीलाई हटाउने बिकल्प कम हुदै गएको थियो । काग्रेस सभापति देउवासँग जतिपटक छलफल गरे पनि पहिला २८ जनाको राजीनामा मेरो हातमा बुझाउनुहोस् अनि छलफल गरौँला भन्दै नेपाल र दाहाललाई जबाफ दिएपछि राजनीतिक मृत्युबरण जस्तै तर बोल्ड निर्णय गरेर जसरी पनि राजीनामा गराउने बचन दिईरहनु भयो ।
तर त्यो कुरालाई देउवाले पटक्कै पत्याउनुभएन । त्यसैले त देउवा जत्तिको सत्ताका खेलाडी सत्तामा जान तयार भएपनि हतारिनुभएन । उहाँ कुनै पनि सर्तमा ओलीलाई हटाउन कस्सिएका नेपालमाथि आफू निकट सांसदहरुलाई राजीनामा गराउनु पर्ने दवाब निकै नै थियो ।
पार्टीभित्र तीव्र बिबाद हुदै जादा आफूसँग रहेका नेताहरु लालबाबु पण्डित, शेरबहादुर तमाङ कृष्णभक्त पोखरेलहरु एमालेको मुलघर भन्दै ओलीतिरै फर्किपछि कार्यकर्ता जोउगाउनेदेखि दाहाल देउवाको चित्त बुझाउन पर्ने दोहोरो चेपमा पर्नुभएका नेपाललाई संसदमा ओलीले विश्वासको मत दिने दिनफेरि आठ सांसदलाई गुमाउनु पर्यो ।
यता ओलीका खरो आलोचक र नेपालका विश्वासपात्र भीम रावलको राजीनामा गर्नपर्ने दवाबका सामु उहाँ निर्णायक बन्न सक्नुभएन । जसका कारण दिन दिदै उहालाई साथ दिनेहरुको संख्या कम हुदै गयो ।
संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन पनि नेताहरु योगेश भट्टराई, धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टहरु राजीनामाको बिपक्षमा उभिएपछि नेपाल झनै अप्ठारोमा पर्नुभयो । उहा न बहुमत साथीहरुको कुरा मान्न सक्नु हुन्थो न भीम रावलको कुरा काट्न सक्नु हुन्थो ।
नेपाल निकट एक नेताका अनुसार सुरुमा २८ साथीहरु राजीनामा दिन तयार रहनुभएको थियो पछि त घट्दै गएर २१, १८, ८, हुदै ५ जनासम्म मात्र तयार भए । बिहीबार बिहान सम्म पनि बहुमतको लागि आवश्यक पर्ने राजीनामा गराउने बचन देउवालाई दिनुभएका नेता नेपाल र रावल सांसद संख्या घट्दै गएपछि पुरै अलमलमा पर्नुभयो ।
त्यसबेला उहाहरुसँग दुईओटा विकल्प मात्र बाँकी थियो कि हैसियत बिहीन भएर पाँच जना राजीनामा दिने वा कुनै न कुनै रुपमा ओलीसंग सहमति गरेर मुलधारमा फर्कने । नेपालले दोस्रो बिकल्प रोजेर ओलीसँग सहमति गर्नुभयो ।
जसका कारण एमाले तत्काल चोइटिनबाट जोगियो । ओली प्रति सञ्चारमाध्याम र सामाजिक सञ्जालमा चर्को आलोचकका रुपमा चिनिनुभएका भीम रावल मौन हुनुहुन्छ । सायद रावललाई लागेको होला अरुले माधव नेपालको साथ छाडे नेपालले मेरो साथ छाड्नु भयो कि ?
उता दाहल र देउवापछि सोच्दै हुनुहुन्छ कि यसपटक माधव नेपालले फेरि पनि थाङनामा सुताए कि ? यो चोट देउवालाई भन्दा बढी प्रचण्डलाई नै छ । यो चोटले देउवालाई खाशै छोएको छैन ।किनभने यो सरकार निर्माणका लागि उहाँको त्यति ठूलो चलखेल देखिँदैन । उहाँ बुढानीलण्ठ छोडेर कतै जानु पनि भएन । प्रचण्ड, नेपाल तथा उपेन्द्र यादव र महन्थ ठाकुरहरु जति आए निवासमै आए । अनि रामचन्द्रहरु पनि जति आए, त्यहीँ आए ।
राष्ट्रपतिले दिएको समय सीमाकै दिनसम्म पनि देउवा संख्या पुग्दैन यो लफडामा नपरौँ भनीरहनुभएको थियो । तर प्रधानमन्त्री बन्ने व्यक्तिभन्दा पनि बढी अर्थात् ताप्केभन्दा पनि बढी बिँड नै तातेको थियो । त्यसमा पनि हामी संख्या पुर्याइदिन्छौँ राजीनामा दिएर तपाईँ अघि बढ्नुस् भन्नेमा पनि अन्तिमसम्म नै नेपाल नै थिए ।
तर यस पटकको सरकार अंकगणतिले नभएर बिज गणितले बन्छ भन्ने भरपुर जानकारी देउवालाई थियो । महन्थ ठाकुरहरुका दौडधुपको सुइँको उहाँले पाइ नै सक्नुभएको थियो । उनीहरुको एकैदिनको शीतल निवासदेखि बालुवाटारसम्म र बुढानीलकण्ठदेखि भक्तपुरको रिसोर्टसम्मो फेरोको अर्थ देउवाले त्यही बिज गणितको सुत्र लगाएरै बुझ्नुभएको थियो । र, सायद, अहिले त रामचन्द्रहरु पनि बुझिरहेका होलान् ।
अनि माधव नेपालका बीसै जनाले राजीनामा दिएको भए पनि आपूm प्रधानमन्त्री हुन सक्दिन भन्ने पनि देउवालाई थाहै थियो । किनभने शीतल निवासमा महन्थ ठाकुर र राजेन्द्र महतोको आवेदनले जसपाको एउटा मात्र पनि मत बहुदलीय सरकार बनाउन कुनै दलले प्रयोग गर्न नसक्नेगरी चाबी लागेको थियो ।
त्यो दोस्रो ‘अप्सन’को सूचनापछि भने देउवा आवेदन नगर्ने निर्णयमा बिहीबार बिहानै पुग्नुभएको थियो । त्यसैले उहाँ शीतल निवासमा आवेदन गर्न जानै चाहनुभएन । तर प्रचण्डहरु भने बिहीबार राति ९ नबजाउने, समयमै गएर बहुमतीय सरकारको दाबी पेश गर्ने भनेर समाचार बाहिर ल्याइरहेका थिए ।











